• २०८३ असोज १७ गते शनिवार

प्रदेश १ मा बाढी पहिरोबाट ७० जनाको मृत्यु: मुख्यमन्त्री आचार्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ५, मोरङ । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले हालैको वर्षा र बाढी पहिरोबाट प्रदेश १ मा ७० जनाको मृत्यु भएको जानकारी दिएका छन् । शुक्रबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री आचार्यले बाढी पहिरोबाट इलाममा १४ जना, पाँचथरमा २८ जना, सुनसरीमा ११ जनाको मृत्यु भएको जानकारी दिए । यस्तै, धनकुटामा ७, सोलुखुम्बुमा १, मोरङमा ६, उदयपुरमा २, भोजपुरमा १ जनाको मृत्यु भएको उनले बताए ।

मुख्यमन्त्री आचार्यका अनुसार प्रदेशभर ४० वटा घर बाढी पहिरोबाट पूर्ण रुपमा क्षति भएको छ भने एक हजार ८२५ घरमा आंशिक क्षति भएको छ । उनले घाइतेका लागि निःशुल्क स्वास्थ्य उपचारका साथै घर पूर्ण रुपमा क्षति भएका परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिइने बताए ।

आंशिक क्षति भएका घरका सन्दर्भमा प्रति परिवार ३५ हजार र सामान्य क्षति भएका घरको सन्दर्भमा प्रति परिवार १५ हजार रुपैयाँ दिने निर्णय भएको उनले बताए । प्रदेशभर १० हजार हेक्टरमा फलेको धान नष्ट भएको उनले जानकारी दिए । प्रदेशको कुल धान बालीमा १५ प्रतिशत नष्ट भएको अनुमान गरिएको पनि बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस