• २०८३ बैशाख ७ गते सोमवार

अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, काठमाडौं । प्रहरीले अवैध लागूऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बुढानिलकण्ठ नगरपालिका-१० बालुवा खानीबाट ४ किलो ६ सय ६४ ग्राम अवैध लागूऔषघ गाँजाको धुलो जस्तो देखिने पदार्थ सहित दोलखा तामाकोशी गाउँपालिका-५ बस्ने ४० वर्षीय योगराज पोखरेललाई मंगलबार बिहान पक्राउ गरेको हो ।

उक्त ठाउँमा लागूऔषध बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसेगरी सर्लाही, हरिवन नगरपालिका-१० ब्रहमटोल बस्ने ५३ वर्षीय कुलदास घिसिङलाई करिब १२ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले घर तलासी गर्दा कोठामा लुकाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस