• २०८३ बैशाख ८ गते मङ्गलवार

थप १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्य मन्त्रालयको अनुसार थप १ हजार ४ सय ७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ९३० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार २५१ र एन्टिजेन विधिबाट २२७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको अनुसार सक्रिय संक्रमितको संख्या २१ हजार १३९ जना रहेका छन् । यसमध्ये १९ हजार ८०५ जना होम आइसोलेसनमा, १ हजार ३३४ जना संस्थागत आइसोलेसनमा, ३३४ जना आईसीयूमा र ११९ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ६३० जना निको भएका छन् भने थप ६ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या ११०५९ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस