• २०८३ बैशाख ४ गते शुक्रवार

नवलपरासी प्रहरीले ३ लाख बढीको अबैध खसी, बोका पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, नवलपरासी । भारतबाट नेपालतर्फ भन्सार छली अवैध रुपमा ल्याउदै करिब ३ लाख २३ हजार ८ सय ५० मुल्य बराबरको खसी, बोका र बिभिन्न मोटर पार्टका सामानरू प्रहरीले बरामद गरेको छ । भारतबाट अवैध रुपमा ल्याउदै गरेको २८ जिउ खसी, बोका शनिबार बिहान ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं. ४ टि.सि.एन चोकबाट बरामद गरेको हो ।

बरामद खसी, बोकाको करिब २ लाख ८० हजार मुल्य बराबर रहेका छन् । यसैगरी भारतबाट नेपालतर्फ भन्सार छली ल्याउदै गरेको ऐर फिल्टर, फलामको फेन, कुलिन पार्टस, बेरिङ, गेर आयल, डिजेल फिल्टर लगायतका बिभिन्न मोटर पार्टका सामान सोही स्थानबाट प्रहरीले बरामद गरेको छ । बरामद सामानहरूको करिब ४३ हजार ८ सय ५० मुल्य बराबर रहेको छ । प्रहरीले बरामद गरेका २८ जिउ खसी,बोका र सम्पुर्ण मोटर पार्टका सामानहरु आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय छ ।

Sharing

प्रतिक्रिया दिनुहोस