• २०८३ बैशाख १४ गते सोमवार

तारकेश्वर नगरपालिकाको ९ औँ नगर सभा भोली हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ८, काठमााडौं । तारकेश्वर नगरपालिकाको ९ औँ नगर सभा भोली हुने भएको छ । बिहान ७ बजेदेखि नगर स्वास्थ्य शाखाको हलमा हुने सभामा उपस्थिति महानुभावहरुको एन्टिजेन टेष्ट गराएर मात्र हलमा प्रवेश दिइनेछ ।

नगर सभाबाट आर्थिक वर्ष २०७८/७९ को बजेट र नीति तथा कार्यक्रम सार्वजनिक हुनेछ । नगरसभाले पूर्वाधार विकासलाई प्राथमिकता दिएर नीति कार्यक्रम सार्वजनिक गर्दैछ । भोलीको सभामा राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुनेछन् । स्थानीय सरकारको अन्तिम पाँच वर्षको यो नगरसभालाई नगरबासीले पनि चासोका साथ हेरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस