असार ८, एजेन्सी । अर्जेन्टिनाले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा दोस्रो जित निकालेको छ । मंगलबार बिहान भएको खेलमा पाराग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले दोस्रो जित निकालेको हो ।

यस जितसँगै अर्जेन्टिना प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । अर्जेन्टिनालाई जित दिलाउन एलेजेन्ड्रो गोमेजले निर्णायक गोल गरे । उनले खेलको दशौँ मिनेटमा एन्जल डी मारियाको पासमा गोल गरेका हुन् ।
यस जितसँगै समूह ए को अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेको छ । अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ ।