• २०८३ जेष्ठ ४ गते सोमवार

उपप्रधानमन्त्री महतोलाई सिंहदरबार प्रवेशमा रोक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ८, काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई सिंहदरबार निषेध गरिएको उल्लेख गर्दै सिंहदरबार दक्षिण गेटमा पर्चा टाँसिएको छ । सोमबार नयाँ पार्टी, नेपालको नामबाट उपप्रधानमन्त्री महतोले नेपाली नागरिक भएको प्रमाण दिन नसकेको भन्दै सिंहदरबार दक्षिणगेटमा पर्चा टाँसिएको हो ।

पर्चामा लेखिएको छ, ‘नयाँ पार्टी, नेपालले दिएको समय सीमाभित्र आफू नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसक्ने कथित भारतीय नागरिक राजेन्द्र सुडी महतोलाई हालको लागि सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको छ, क्रमशः देशभरी नै प्रवेश निषेध गरिनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस