• २०८३ जेष्ठ २३ गते शनिवार

शिक्षक रावललाई दाउरा प्रहार

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

माघ ७, मुगु । मुगुमा एक जना शिक्षकलाई दाउरा प्रहार गरि घाईते बनाईएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ७ घुईर गाउँ घर भई मुर्मा गाउँमा रहेको बिद्यालयमा कार्यरत शिक्षक २९ बर्षिय पदम रावललाई छायाँनाथ रारा नगरपालिका वडा नं ७ पिनाका ३४ बर्षिय ऐन बहादुर बंमले दाउरा प्रहार गरी गम्भिर घाईते बनाएका हुन ।

जिल्ला प्रहरी कार्यालय मुगुकाप्रहरी नायव उपरिक्षक चित्रबहादुर भट्टराईले दिएको जानकारी अनुसार रारा तालको छेउमा रहेको डाँफे होटलमा मंगलबार मदिरा सेवन गरेका राति ११ बजे एक आपसमा झगडा हुँदा बंमले दाउरा प्रहार गरि शिक्षक रावललाई घाईते बनाएका हुन । यता घाईतेका जेठान दिर्घ राज ऐडिका अनुसार बिद्यालयबाट घर फर्किने क्रममा खाजा खान डाँफे होटलमा गएका र त्यहि मौकाम ाऐन बहादु बमंले आफनो ज्वाईलाई कोठामा थुनेर मरासन्ण हुने गरी कुटपिट गरेको बताए । अचेत अवस्थामा रहेका घाईते रावलको टाउकोमा तिन ठाउँमा गहिरो चोट छ । अहिले रावलको जिल्ला अस्पताल मुगुमा उपचार भईरहेको छ । झगडाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस