जेठ ८, काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेपाली कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बस्ने भएको छ । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माका अनुसार बिहान ९ बजे देउवा निवासमा बैठक बस्न लागिएको हो ।

उनका अनुसार बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको कदमबारे छलफल हुने छ । राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको बहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि राति बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेकाले अबको निकास के भन्नेबारेमा छलफल हुनेछ ।