• २०८३ भाद्र १३ गते शनिवार

भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १३, काठमाडौं । भोटेकोशी बाढीपछि अवरुद्ध बनेको मुग्लिङ–काठमाडौं सडकखण्ड आज (शनिबार) बिहानदेखि पुनः सञ्चालनमा आएको छ । धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकखण्डमा भने एकतर्फी यातायात मात्र सञ्चालन भइरहेको छ ।

बाढीपहिरोको जोखिम बढेपछि नागढुंगा–मुग्लिङ सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो । लेदोका कारण अवरुद्ध भएका विभिन्न स्थानमा सफाइ भएपछि सडक सञ्चालनमा ल्याइएको हो ।

पछिल्लो समय बाढीपहिरोको जोखिम कायमै रहेकाले यात्रु तथा चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस