बैशाख ९, पर्सा। बारामा एक महिलाको शव फेला परेको छ । आफ्नै घरको दोस्रो तल्लाको बरण्डामा जीतपुर सिमरा उपमहानगरपालिका-३ छिमेक बैंक टोल बस्ने ५० वर्षीया पार्वती कार्कीको शव भेटिएको हो ।
निधार र टाउकोमा गह्रौं वस्तुले हानेको चोट देखिएको र शव नजिकै इँट्टा पनि भेटिएको प्रहरीले जनाएको छ । घटनापछि महिलाका श्रीमान फरार छन् । उनले नै हत्या गरेर भागेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । प्रहरीले उनको खोजी गरिरहेको छ ।
मादक पदार्थ सेवन गरेर आउँदा बाबु आमाबीच प्रायः झगडा भइरहने ती दम्पतीका छोराहरुले बताएका छन् ।