• २०८३ जेष्ठ ८ गते शुक्रवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ९, सुनसरी । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोक्राहा नरसिंह गाउँपालिका-३ बस्ने ५४ वर्षीय महेन्द्र प्रसाद यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यादवले ती किशोरीलाई धरान उपमहानगरपालिका-१३ स्थित डुकु होटल एण्ड लजको कोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस