• २०८३ बैशाख १६ गते बुधवार

रौतहटमा चट्याङ्ग लागेर एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ९, रौतहट । रौतहटमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । आज बिहान चटयाङ्ग लागेर गुजरा नगरपालिका ८ को जयराजपुरमा रामलखन महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गुजरा ७ घर भएका महरा आफन्तको बिहेमा जयराजपुर आएका थिए । बिहान ५ बजे खेतमा शौच गर्न गएको बेला उनलाई चटयाङ्ग लागेको प्रहरीले जनाएको छ । महराको शव पोष्टमार्टमको लागि चन्द्रपुर अस्पतालमा राखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस