पुस ६, ललितपुर । ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिदा एक गाडी चालकको मृत्यु भएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिदा ना ८ ख ८१९१ नम्बरको टिपर चालक गोदावरी ७ बुरुञ्चुलीका अजय मार्फाको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त चापागाउँका सई पुरुषोत्तम आचार्यका अनुसार पुल भाँच्चिएर नख्खुबाट टिकाभैरवतर्फ जाँदै गरेको टिपरमा ठोक्र्किको हो । घाइते भएका मार्फालाई उपचारका लागि मेडिसिटी अस्पताल लगिगएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।