• २०८३ भाद्र १७ गते बुधवार

जन्ती बोकेको जिप दुर्घटना, ५ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, बैतडी। बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिप दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आइतबार राति साढे आठ दशरथचन्द नगरपालिका(२ थलालगाउँबाट बेहुली लिएर वडा नम्बर ६ को सेरातर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत कलुवाड मोडमा दुर्घटनामा भएको हो । जिपमा ७ जना सवार रहेका थिए भने जिप सडकबाट ५ सय मिटर तल खसेको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस