• २०८३ बैशाख १५ गते मङ्गलवार

रथबाट लडेर बालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ४, सिरहा । सिरहामा रथबाट लडेर एक बालकको मृत्यु भएको छ । सिरहा नगरपालिका १२ सारस्वरका मो।इस्लाम राइनका छोरा १० वर्षीय जाहिद राइनको हिजो बेलुका रथबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

रथबाट लडेलगतै रथको पाङ्ग्राले किचेर घाईते राइनलाई तत्काल जिल्ला अस्पताल सिरहामा उपचारको लागि ल्याए पनि उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।

प्रहरीले रथ नियन्त्रणमा लिएपनि चालक फरार रहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस