• २०८३ बैशाख ११ गते शुक्रवार

कटुवा पेस्तोल सहित १ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५, सर्लाही । प्रहरीले कटुवा पेस्तोल सहित १ जनालाई पक्राउ गरेको छ । मलंगवा नगरपालिका-११ ठुलो पल्सी बस्ने ३० वर्षीय समसुद्दिन अंसारीलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

अंसारी र उनकै दाजु बीच बादबिवाद भई झै-झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्प र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा समसुद्दिनले कम्मरमा भिरेको गोली लोड भएको अवस्थामा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस