• २०८३ असार १६ गते मङ्गलवार

तास खेलिरहेको अवस्थामा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोकास्थित मानकाजी लामाको एचएम कार्पेट उद्योगमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ घर भएका ३५ वर्षीय लाल काजी तामाङ लगायत १० जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त उद्योगमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४० हजार ३ सय ६५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस