• २०८३ बैशाख ३ गते बिहिवार

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ७, कास्की । बाग्लुङ सडकखण्डमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४र४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलमा सवार दुवैजनालाई उपचारका लागि पोखरा ल्याइएको थियो । उनीहरुको उपचारका क्रममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका नायब उपरीक्षक (डीएसपी)सुवास हमालले जानकारी दिए ।

डीएसपी हमालका अनुसार पर्वतबाट पोखरातर्फ आउँदै गरेको प्रदेश नं ३-०१-००३ क ५१७३ नम्बरको टिपरले पोखराबाट पर्वत जाँदै गरेको ग २० प ६०३० नम्बरको मोटरसाइकललाई आइतबार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका-३ स्थित पोखरा- बाग्लुङ सडकखण्डको लक्ष्मीदेउराली पत्थरढुङ्गामा ठक्कद दिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस