• २०८३ बैशाख ९ गते बुधवार

योगेश भट्टराई पनि ओली समुहमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, काठमाडौं । एमाले युवा नेता एवम् सांसद योगेश भट्टराईले खनाल-नेपाल समूह छोड्नु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दैं एमाले एकता जोगाउन एमालेमा नै रहने निर्णय रहेको बताउनु भएको हो ।

नेकपा हुँदै सुरु भएको विवादमा माधव नेपाललाई साथ दिँदै आएका नेता भट्टराईले नयाँ सरकार गठनको निर्णायक दिन नेपालको साथ छाड्नु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै मन्त्री पदबाट राजीनामा दिएका भट्टराई अन्ततः ओली समूहमै फर्किनु भएको हो ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ “मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेकी, गलत गरेँ इतिहासको कठोर मूल्याङ्कनमा खडा छु।”

Sharing

प्रतिक्रिया दिनुहोस