• २०८३ जेष्ठ २० गते बुधवार

प्रधानमन्त्री ओलीले आज अहिले १२ः३० बजे बालुवाटारमा पत्रकार सम्मेलन गर्नुहुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १२ः३० बजे पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । राष्ट्रपतिले संविाधनको व्यवस्थाअनुरुप विहीबार सरकार गठनको पुनः आव्हान गर्नुभएपछि विपक्षी दलको तर्फबाट अनेक टिकाटिप्पणी हुन थालेपछि प्रधानमन्त्रीले त्यसलाई प्रष्ट पार्न पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १२ः३० बजे पत्रकार सम्मेलनको आयोजना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीली आफूमाथि तेर्सिएको जिज्ञासाको खण्डन गर्नुहुने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस