असोज २६, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।

नेकपा एमालेको भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा केहीबेरअघि बैठक शुरु भएको हो । यसअघि शनिबार बस्ने भनिएको सचिवालय बैठक अध्यक्ष ओली अस्वस्थ भएपछि स्थगित भएको थियो । सो बैठक आज शुरु भएको छ ।
