बैशाख ८, मुगु । जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत प्रहरी निरीक्षक नरेश विक चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित तथा सम्मानीत भएका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिका वडा नं ७ सिप तारापानी भन्ने स्थानमा कर्णाली नदिको किनारमा शव फेला परेकोमा उक्त घटना स्थलमा खटि सुक्ष्म अनुसन्धान गरी २४ घण्टा भित्र घटनामा संलग्न व्यक्तिको पहिचान गरी वर्ष २३ का प्रवेश रावललाई पक्राउ गरी कानूनी दायराम ल्याउन सफल भएको सन्दर्भमा प्रहरी निरिक्षक विक लाई सर्वोत्कृष्ट प्रहरी घोषित तथा सम्मान गरेको जिल्ला प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट््टराईले बताए । विक जिल्ला उत्कृष्ट प्रहरी बन्न सफल भएका हुन् ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विकले जनचेतना मुलक कार्यक्रमको साथै प्रहरी कर्मचारीहरुलाई सम्वन्धित प्रशिक्षण तथा अवैध कारोबार गर्नेलाई पक्राउ तथा कानूनी कारबाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी कर्तव्य निर्वाह तथा अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान गरेका बिकलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिए ।
साथै विकले प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै नेपाल प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आएको छ ।
