असोज ९, काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारमा सशस्त्र प्रहरी बल नेपालले माइकिङ गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । सशस्त्र प्रहरीले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान, साथै बालबालिका, ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरूमाथि विशेष निगरानी राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

विपद् तथा आपतकालीन अवस्था आइपरेमा सशस्त्र प्रहरी बल नेपालको टोल फ्रि नम्बर १११४ तथा आपतकालीन कार्यसञ्चालन केन्द्रको १२३४ मा सम्पर्क गर्न आग्रह गरिएको छ । शस्त्र प्रहरीले विपद्को समयमा आफू सुरक्षित रहँदै अरूलाई पनि सुरक्षित राख्न सबैमा अनुरोध गरेको छ ।