कात्तिक ५, काठमाडौं । नेकपा एमाले तारकेश्वर ४ नं. वडा कमिटीले हरी अधिकारीको संयोजकत्वमा चुनाव परिचालन कमिटी कमिटी घोषणा गरिएको छ । नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार श्याम घिमिरेको प्रमुख आतिध्यतामा भएको कार्यक्रममा कमिटी घोषणा भएको हो ।
कार्यक्रममा नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार श्याम घिमिरे, बाग्मति प्रदेश सदस्य सिताराम रेग्मी, प्रदेश सभा उम्मेदवार प्रकाश श्रेष्ठ, निर्वाचन क्षेत्रिय समन्वय कमिटी क्षेत्र नं. ७ का सह-संयोजक विश्वराम सापकोटा, जिल्ला सदस्य तथा वडा ईन्चार्ज सबिना बुढाथोकीले आफ्ना भनाई राख्नु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य रामेश्वर देवकोटा, तारकेश्वर नगर कमिटी अध्यक्ष बासु गौतम, राष्ट्रिय युवा संघ जिल्ला अध्यक्ष सन्तोष अर्याल, अनेरास्ववियु केन्द्रिय सदस्य आजित बोहोरा, किसान महासंघ जिल्ला अध्यक्ष बलराम धिताल, अनेमसंघको नेता विन्दु थापा सापकोटा, रायुसं नेपाल जिल्ला कमिटी सदस्य सामना महर्जन, नागर्जुन अध्यक्ष साजन केसी, तारकेश्वर सचिव सुरज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
