• २०८३ बैशाख ४ गते शुक्रवार

अफगानिस्तानबाट ११० हिन्दू र सिख भारत ल्याइए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ५, एजेन्सी । अफगानिस्तानबाट ११० हिन्दू र सिख भारत ल्याइएका छन् । उनीहरूलाई काबुलदेखि चार्टर फ्लाइटमा नयाँ दिल्ली पुर्याइएको छ । इण्डियन वर्ल्ड फोरमका अध्यक्ष पुनीत सिंह चन्डोकले उनीहरू भारत फर्केको भीडियो साझा गरेका छन् ।

उनीहरूसंगै एतिहासिक गुरूद्वाराहरू र मन्दिरहरूबाट गुरूग्रन्थ साहिब र हिन्दू धार्मिक ग्रन्थ पनि दिल्ली ल्याइयो। यसमा काबुल स्थित पाँचौ शतिको अस्माई मन्दिरबाट ल्याइएको रामायण, महाभारत र गीता पनि सामेल छ । गुरूग्रन्थ साहिबलाई महावीर नगर स्थित गुरूद्वारा गुरू अर्जुन देव र हिन्दू धर्म ग्रन्थहरूलाई अस्माई मन्दिर फरीदाबाद लगिनेछ ।

इण्डियन वर्ल्ड फोरम अनुसार सोबती फाउन्डेशनले अफगान नागरिकहरूको पुनर्वास गर्नेछ। गत साता सरकारले संसदमा भनेको थियो, ‘अफगानिस्तानमा तालिबानको कब्जा भएदेखि ५६५ मानिसलाई भारत सरकारले त्यहाँबाट निकालिसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस