फागुन २६, काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि माओवादी केन्द्रमा फर्कने सम्भावना नरहेको बताउनुभएको छ । सोमबार पेरिस डाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा बैठक बसेर साविक नेकपाका दाहाल-नेपाल समूहले पूर्ववत् पार्टीतिर लाग्ने निर्णय लिएको भएपनि आफु माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको बताउनुभएकोहो ।

एमाले र माओवादी ब्युँतिएपछि नेताहरू पूर्ववत् अवस्थामा फर्किए पनि माओवादीका सांसदसमेत रहेका ओली नेतृत्वको सरकारका मन्त्रीहरूले भने निर्णय लिइसकेका छनैन् । संसद् बैठक सकिएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले, अहिले नै कता लाग्ने भन्ने केही नभएपनि आफु माओवादीमा फिर्ता सम्भावना नरहेको बताउनुभएको छ ।