• २०८३ असार १ गते सोमवार

पश्चिमबाट पूर्वतर्फ सर्‍यो वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ३, काठमाडौँ । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ ।

गत असोज ३१ गतेबाट उक्त प्रणाली सक्रिय हुँदै नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भएको थियो । यसका कारण जनधनको क्षति भएको छ भने भौतिक पूर्वाधारसमेत तहसनहस बनाएको छ । आज रातिबाट भने कर्णाली र सुदूरपश्चिममा उक्त प्रणाली कमजोर भई पूर्वतर्फ सरेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १, २, बागमती र गण्डकीमा आज भारी वर्षाको सम्भावना छ ।

भोलि बिहीबारबाट भने मौसममा सुधार आउने भए पनि पूर्ण सुक्खा नहुने हुँदा ठाउँठाउँमा पानी पर्ने सम्भावना कायमै रहेको उहाँले बताउनुभयो । उहाँको अनुसार आगामी बिहीबारदेखि मौसममा सुधार हुँदै जाने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस