• २०८३ बैशाख ४ गते शुक्रवार

दाङमा सोमबारदेखि निषेधाज्ञा हट्यो प्रमुख जिल्ला अधिकारी : कुरुम्बाङ्ग

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

असोज ४, दाङ । जिल्ला प्रशासन कार्यालय दाङले बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म लगाउदै आएको निषेधाज्ञा सोमबारदेखि हटाईएको छ ।

एबिसी संचारसंगको कुराकानीमा दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले अबका दिनमा स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउदै नेपाल सरकारले लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधानहरु पनि चल्न दिए पछी ।

जिल्लामा पनि ति सवारी साधानमा सिट बाहेक अन्य यात्रुहरु राख्न पाईने छैन । कुल सिट क्षमता भन्दा बढी राख्न नपाउने भएको छ । सवारी साधनमा यात्रा गर्दा (मास्क) (पन्जा) (सेनिटाइजर) अनिवार्य राखिएको हुनुपर्छ । यसैगरी विभिन्न संघ-सस्था कार्यालयहरु पनि संञ्चालनमा आएको छन ।

अहिले दाङमा कोभिड पनि कम भएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले जानकारी दिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस