• २०८३ बैशाख ८ गते मङ्गलवार

मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा १ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट
 भदौ ४, पर्सा । पर्साबाट प्रहरीले मोटरसाईकल चोरी गर्दै गरेको अवस्थामा १ जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका-८ पानीट्याङ्कीस्थित प्रभु अस्पताल अगाडि पार्किङ गरी राखेको प्रदेश २- ०३- ००८ प ७१३६ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा बारा कोल्हवी नगरपालिका-६ बस्ने २२ वर्षीय जित बहादुर चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जित बहादुर समेत २ जनाले मास्टर साँचो बनाई उक्त मोटरसाइकलको लक खोली चोरी गर्दै गरेको अवस्थामा फेला पारी प्रहरी चौकी बसपार्क, वीरगञ्जबाट खटिएको प्रहरीले चोरीमा संलग्न मध्ये जित बहादुरलाई पक्राउ गरेको हो ।
उनी उपर चोरी सम्बन्धी कसूरमा अनुसन्धान प्रकृया अगाडि बढाइएको तथा फरार व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस