वैशाख २१, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जंगली च्याउको पहिचान नगरी पकाएर खाएर ३० वर्षीया रामकला महत्राको उपचारका क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको हो ।
घटनामा तीन जना बिरामी परेका छन् । मृतककी छोरी सात वर्षीया बिप, सासू ५८ वर्षीया लालसरी र देउरानी २१ वर्षीया लक्ष्मी महत्रा बिरामी छन् ।तीनै जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।