• २०८३ जेष्ठ १६ गते शनिवार

कस्तुरीको बिना जस्तो देखिने २ थान सुगन्धित डल्ला सहित २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-१२ भावरटोलस्थित होटलबाट कस्तुरीको बिना जस्तो देखिने सुगन्धित चिज बस्तुको २ थान कालो डल्ला सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दैलेख महावु गाउँपालिका-६ स्थायी ठेगाना भई उक्त होटल संचालन गरी बस्ने २३ वर्षीय सर्जन रावत र जुम्ला चन्दनाथ नगरपालिका(२ बस्ने ६० वर्षीय रण बहादुर बोहरा रहेका छन् ।

उक्त होटलमा कस्तुरीको बिनाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कर्णाली प्रदेश ब्यूरो तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी निजहरूको शरीर एवं होटल समेत तलासी गर्दा लुकाई राखेको उक्त डल्ला फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । उनीहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस