• २०८३ बैशाख ८ गते मङ्गलवार

भरतमणि बने कमेडि च्याम्पियन सिजन २ को विजेता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, काठमाडौं । कमेडी च्याम्पियन दोश्रो संस्करणको उपाधी ताप्लेजुङका भरतमणी पौडेलले जित्न सफल भएका छन् । पौडेलले बिजेता हुँदै नयाँ कार, २५ लाख नगद संगै आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन् ।

यस्तै दोश्रो स्थान सिक्किमका विक्की अग्रवाल र तेश्रो गोर्खाका सन्तोष थापा हुन सफल भएका छन् । फाइनल नाम घोषणाअघि देखि नै भरतलाई बिजेता भएकोमा बधाइ दिदै सामाजिक संजाल भरिएको थियो । बिजेता भएपछि उनका सपोर्टरहरुले स्टेजमै अविर जात्रा गर्दै खुसी मनाएका थिए ।

त्यस्तै दोश्रो हुने अग्रवालले मोटरसाइकल र तेश्रो स्थान हासिल गर्ने थापाले स्कुटर र आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन् । भरतको प्रस्तुती शैली र कन्टेन्टको खुबै तारिफ हुने गरेको थियो । हरेक एपिसोडमा उनको प्रस्तुतीको प्रतिक्षा हुने गरेको थियो । पछिल्लो समय घरबेटी वाला कन्टेन्ट, प्रस्तुति शैली र पुर्वयुवराज पारस शाहको क्यारिकेचरले बजार तताएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस