जेठ ५, बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरले लकडाउनको उल्लंघन गर्ने अत्यावश्यक काम बाहेक बिना मास्क घर बाहिर निस्कने व्यक्तिलाई एक घन्टा होल्ड कार्वाही सुरु गरेको छ । मंगलबार बाँकेको कोहलपुर आसपास क्षेत्रमा सडकमा विना काम मास्क नलागाई निस्केकाहरुलाई एक घन्टा होल्ड कार्वाही गरेको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालको नेतृत्वमा कोहलपुरको विभिन्न टोल गल्ली शहरमा खटेको प्रहरी टोलीले लकडाउन उल्लंघन गर्दै निस्केकाहरुलाई होल्ड कारवाही गरेको थियो । ७१ वटा सवारी साधनहरुलाई कार्वाही गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । संक्रामक रोग ऐन २०२० बमोजिम जिल्ला प्रशासन कार्यालयर्को निर्देशन अनुसार कोहलपुर प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरुले मास्क नलगाउँनेहरुलाई एक घन्टा होल्ड गरि कारवाही अघि बढाएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी खनालले बताएका छन ।
बिना मास्क बिना काम बजारमा भेटिएकाहरुलाई प्रहरीले एक पटक समझाई बुझाई अब उपरान्त बिना मास्क घरबाहिर ननिस्कने सर्तमा मास्क समेत वितरण गरेको डिसपी खनालले जानकारी दिए।