• २०८३ कार्तिक १४ गते शुक्रवार

श्रीलंका संकटः आपतकालीन स्वास्थ्य अवस्था घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २२, एजेन्सी । श्रीलंकामा मंगलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ । औषधिको चरम अभावपछि देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए) को आकस्मिक साधारण समितिको बैठकले यो निर्णय गरेको हो ।

यसअघि आपतकालीन कानुन लागू गर्ने र औषधिको गम्भीर अभावबारे छलफल गर्न समितिको बैठक बसेको थियो । विरामीको जीवन रक्षा गर्न यस्तो घोषणा गरिएको जीएमओएका सचिव डा. सेनाल फर्नान्डोले बताए । सरकारको कमजोर व्यवस्थापनका कारण देशभर औषधिको अभाव देखिएको जीएमओले आरोप लगाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस