• २०८३ बैशाख ५ गते शनिवार

माधव नेपाललाई पेशा गरेर खान नेता कृष्ण राईको आग्रह

केशव भट्टराई पढ्न लाग्ने समय : २ मिनेट

बैशाख ६, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला कमिटि अध्यक्ष कृष्ण राईले नेता माधव कुमार नेपाललाई पेशा गरेर खान आग्रह गरेका छन् । आईतवार बिहान राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय अभियान अन्तर्गत “काठमाडौं जिल्ला विशेष बैठक” उद्घाटन गर्दै राईले सो कुरा बताएका हुन् ।

“अमेरिकामा २(२ पटक राष्ट्रपति भएका बाराक ओवामाले वकालत गरेर खान हुने तर नेपालमा पार्टीको उच्च तहमा पुग्दै प्रधानमन्त्री समेत भइसकेका माधव नेपालले काम गरेर खान नहुने ?” उनको प्रश्न थियो । “संसार गतिशिल र परिवर्तनशिल भएकाले एउटै व्यक्तिको नेतृत्व र एउटै व्यक्ति मात्र पटक पटक प्रधानमन्त्री बन्न अनेक बखेडा गर्दै हिँडेको दृश्य सोभनिय भएन । एक्काईसौँ शताव्दीका जनता शिक्षित र सुसुचित छन् कसैले भ्रमको खेती गरेर चल्न सक्छु भन्ने सोचबाट मुक्त हुन समेत जरुरी छ,” राईले भनेका छन् ।

नेपालमा राजनीति पश्चात अन्य पेशा अपनाउने पद्धति तयार नभए यस्ता खाले विकृति र विसंगतिले जरा गाडिरहने भएकाले युवाहरुले यस्ता गतिविधिलाई खबरदारी गर्दै परास्त गर्नुपर्ने उनको जिकिर छ ।

युवा संघ र युवा परिषदले नेफ्स्कुन र कास्कुनसँग मिलेर काम गरे धेरै युवाहरुलाई सिपयुक्त युवा बनाउन सकिने पुर्व युवा नेता तथा कास्कुन अध्यक्ष दिपक पनेरुको भनाई थियो ।

संगठन निर्माण, सम्बृद्धि र सचेतना ३”सु का कार्यक्रम लिएर संगठन २ महिने विशेष अभियानमा अगाडी बढेको युवासंघ उपाध्यक्ष क्षितिज थेवेले बताए ।”दुई महिनाको विशेष समय भनेको युवालाई सिप प्रदान गर्दै सचेत बनाइने छु,” थेवेले भनेका छन् ।

दुई महिनाको अवधिभित्र ५ लाख युवालाई सदस्यता प्रदान गर्ने रणनीति बनाएको संघका अध्यक्ष बचन सिंहले यस अघि नै बताईसकेका छन् । उनको कार्यकाल जेठ १६ मा सकिँदैछ ।

संघका स्थायी समिति सदस्य पेम्बा घलेको सभापतित्वमा संचालन भएको कार्यक्रममा पुर्व युवासंघ नेपाल सचिव निरेशलाल सिंह, नेकपा चन्द्रगिरी अध्यक्ष राजु श्रेष्ठ लगायत काठमाडौं जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने ३५ युवाहरुको सहभागिता रहेको थियो ।

युवासंघ अन्य संगठन भन्दा फरक सिर्जनशिल संगठन भएकाले नगरका तारे महलमा मात्र हैन गाउँका झुपडीमा बसेर बैठक संचालन गरेमात्र युवा धारिला हुन्छन्, कार्यक्रम संचालन गर्दै स्थायी समिति सदस्य शिव कुमार महर्जनले भनेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस