• २०८३ बैशाख १८ गते शुक्रवार

सप्तरीमा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, सप्तरी। सप्तरीको कञ्‍चनरुप नगरपालिकामा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ११ स्थित सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.६ख ३४२५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना.६त ६१९९ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दीदा बारा जिल्लाको दक्षिण झिटकैया निवासी ३५ वर्षीय जलिल मियाँ मन्सुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करले गम्भीर घाइते भएका मन्सुरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिई फरार भएका त्यसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस