चैत ३१, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सलाई मुम्बई इण्डियन्सले २ सय ६ रनको चुनौति दिएको छ। अरुण जेटली स्टेडियममा टस जितेर फिल्डिङ रोजेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रन जोड्यो।

ओपनर रोहित शर्मा १८ रनमा आउट हुँदा मुम्बईले ४७ रन जोडेको थियो। अर्का ओपनर रायन रिक्लट्न ४१ रनमा पबिलियन फर्किए।
त्यसपछि सूर्य कुमार यादव र तिलक वर्माले तेस्रो विकेटको लागि ६० रनको साझेदारी गरे। सूर्य कुमार ४० रन जोडेर आउट भए। हार्दिक पाण्ड्याले मात्र २ रन बनाए। तिलकले भने अर्धशतक बनाए। ३३ बल खेल्दै ६ चौका र ३ छक्का सहित ५९ रनको पारी खेले। नमन धिरले १७ बल खेल्दै अविजित ३८ रन बनाए। बलिङमा विपराज निगम, कुलदीप यादवले समान २ र महेश कुमारले विकेट लिए।
दिल्ली ८ अंक सहित अंक तालिकाको शीर्षस्थानमा छ। दिल्ली लगातार पाँचौ जित निकाल्ने दाउमा छ। मुम्बईसँग भने मात्र २ अंक छ।