चैत ६, धनुषा । २ किलो २०० ग्राम गाँजासहित सर्लाहीमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सिन्धुलीको बरुणबाट लालबन्दीतर्फ आउँदै गरेको यात्रुबाहक बसलाई लालबन्दी नगरपालिका-७ मा चेकजाँच गर्दा बसमा सबार १९ वर्षीय सुवास मोक्तान २ किलो २०० ग्राम गाँजासहित पक्राउ परेका हुन् ।
लालबन्दी नगरपालिका १४ डाइनी खोला घर बताउने मोक्तान झोलामा गाँजा राखेका थिए । उनलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीले जनाएको छ ।