• २०८३ भाद्र ११ गते बिहिवार

हिन्दु जागरण नेपालको घोडाघोडि बहुमुखी क्याम्पसकमा नया कार्य समिति चयन

खगेन्द्र अवस्थी पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, कैलाली । हिन्दु जागरण नेपालको जि एम सि मा नया कार्य समिति चयन भएको छ । जिल्लाको घोडाघोडि नगरपालिका १ मा रहेको घोडाघोडि बहुमुखी क्याम्पसकामा हिन्दु जागरण नेपालको नया कार्य समिति चयन भएको हो ।

हिन्दु जागरण नेपालले नेपाल अधिराज्य भरि यस्तै कार्यक्रम गरि बिभिन्न ठाउँ ठाउमा बिद्यार्थी संघ निमार्णको कार्य अघि बढ्दै रहेको छ। हिन्दुजागरण नेपाल बिद्यार्थी बिभाग कैलालीद्धारा आयोजित घोडाघोडी नगरपालिकाको घोडाघोडी बहुमुखी क्याम्पसमा घोडाघोडी बहुमुखी विद्यार्थी विभाग समिति गठन गरेको हो ।

हिन्दुजागरण नेपाल विद्यार्थी संघ कैलाली अध्यक्ष मीमराज उपाध्यायको सभापतिथ्यमा हिन्दुजागरण नेपाल बिद्यार्थी संघको घोडाघोडी बहुमुखी समिति गठन भएको हो । संस्थाले नेपाल भरि धर्मको नास हुनलागेको भन्दै यस संस्थाले कार्यक्रम अघाडि बढाएको छ अबका दिनमा पनि यस्तै कार्यक्रम गर्दै जाने यस संस्थाका विद्यार्थी संघका अध्यक्ष मिमराज उपाध्यायले बताउनु भएको छ । कोहि नहुनेका लागि गरिब दान दुखीलाई केहि स्वार्थ नबोकि स्थलगत बुझि जसका कोही छैनन एक्लै छन उहाहरूलाई खाद्यान्नको समेत ब्यबस्था यस संस्थाले गर्दै आएको छ ।

घोडाघोडि बहुमुखी क्याम्पसमा विध्यार्थि संघ निमार्ण गरे बमोजिम कैलालिका बिभिन्न विद्यालयमा पनि उहाँहरूले निमार्ण गर्ने उँहाले बताउनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस