कात्तिक १, काठमाडौं । जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक तेस्रो साता ब्रिटेन जाने भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।