कात्तिक १, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ। क्यानले सोमबार सार्वजनिक सूचना निकाल्दै प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो।

क्यानले प्रशिक्षकका लागि इसीबीरसीए लेभल-३ कोर्ष गरेको, आइसिसीको स्थायी सदस्य वा एसोसिएट सदस्य वा पहिलो श्रेणीको टिमका लागि पाँच वर्ष प्रशिक्षण गरेको अनुभव भएको प्रशिक्षकले दरखास्त दिन सक्ने जनाएको छ।
डेभ वाटमोरले राजीनामा दिएपछि नेपाली टिमको प्रशिक्षक पद खाली छ। वाटमोरले सम्झौता अवधि नसकिँदै गत महिना राजीनामा दिएका थिए।
