• २०८३ असार ७ गते आइतवार

विजयादशमीको आज चौथो दिन : टीका र जमरा लगाइँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १, काठमाडौँ । विजयादशमीको आज चौथो दिन पनि मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाउने क्रम जारी छ । आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि शुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमाका दिन सबै (अखिल) बलि पूर्ति नभएसम्म जारी रहन्छ ।

यस वर्ष कात्तिक २ गते मङ्गलबार ९भोलि० कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यस दिनसम्म देवीको प्रसाद लगाउनु शास्त्रसम्मत हुने समितिका अध्यक्ष प्रा।श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात नेपालीको महान पर्व बडा दसैँ समाप्त हुन्छ । बडा दसैँ मनाउन काठमाडौँ उपत्यकाबाहिर गएका मानिस राजधानी प्रवेश गर्ने क्रम पनि बढ्न थालेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस