असोज २, चितवन । प्रहरीले हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । राप्ती नगरपालिका-९ सितलटोल बस्ने ५९ वर्षीय कान्छा लामाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय दशरथ मल्ललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु बिच झै(झगडा हुँदा दशरथले फलामको रडले टाउकोमा प्रहार गर्दा लामाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट अमृतपानी र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।