• २०८३ बैशाख ४ गते शुक्रवार

पछिल्लो २४ घण्टामा १ हजार २३४ जना निको हुँदा, १ हजार ६६ जनामा संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौंं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २३४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ४७ हजार ८०० पुगेको छ।

नेपालमा आज १ हजार ६६ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २३१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ८३ हजार ९१० जना र एन्टीजेन परीक्षणबाट ८८ हजार ८९० जना पुगेको छ।

आज १६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ।

आज ११ हजार ३८५ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४० लाख ८५ हजार ७९६ जनाको पिसिआर र ५ लाख ३४ हजार ९९४ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस