• २०८३ जेष्ठ ३ गते आइतवार

कैद र लाखौँ जरिवाना तोकिएका फरार दुई व्यक्ति पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २, काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका-३ सोखेल बस्ने ४० वर्षीय समुन्द्र केशर केसी र काठमाडौं महानगरपालिका -१५ डल्लु बस्ने काभ्रे धुलिखेल नगरपालिका-७ घर भएका ४८ वर्षीय श्याम प्रसाद धिनाजु श्रेष्ठ रहेका छन् ।

उनीहरूमध्ये समुन्द्रलाई अदालतबाट बैंकिङ कसूर मुद्दामा १५ दिन कैद र ३० लाख रुपैयाँ जरिवाना तथा श्याम प्रसादलाई ६ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भएको थियो । उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितहरूलाई झुक्यानमा पारी सनराईज बैक र मेगा बैकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतबाट उक्त फैसला भएको थियो ।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं र जिल्ला अदालत भक्तपुर पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस