• २०८३ बैशाख ३० गते बुधवार

विश्वासको मत लिंदै प्रधानमन्त्री देउवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३, काठमाडौँ । प्रधानमन्त्री शेरवहादुर देउवाले आज विश्वासको मत लिने हुनुभएको छ। यसका लागि प्रधानमन्त्री देउवाले संसद सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको हो ।

संसद सचिवालये विश्वासको मत सम्बन्धी प्रधानमन्त्रीको प्रस्ताव दर्ता भएकोले कार्यव्यवस्था परामर्श समितिको बैठक अहिले बसेर यसको समय तय गरिने जनाएको छ । आजै विहान प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग विश्वासको मत लिने विषयमा कुराकानी गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस