• २०८३ बैशाख ९ गते बुधवार

अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३,काठमाडौं । सर्वोच्च अदालतको फैसलाले दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभा बैठक बस्न अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाए छन् । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने तथा विधान अधिवेशनको तयारीबारे छलफल गर्नेछ । एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय पनि गरेको छ । एमालेले सोमबारका लागि केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ । बैठकमा पार्टीको आन्तरिक विवाद समाधानका लागि थप छलफल हुने नेताहरुले बताएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस