• २०८३ बैशाख ६ गते आइतवार

तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, काठमाडौं । कीर्तिपुर नगरपालिका-३ ढाल्पा सुन्दरबस्तीस्थित जोन लामाको डेरामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५६ वर्षीय दिपक कुमार महर्जन लगायत ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७२ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस