जेठ ४, बाँके । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विरामी र विरामीको कुरुवाको लागी बाँके कोहलपुर ११ निवासी युवा व्यवसायी माईकल सापकोटाले रू १० हजार सहयोग गर्नु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विरामी र विरामीको कुरुवाको लागी विहान र वेलुकाको खानाको लागि ३० रुपैयामा व्यवस्थापन गरिरहेका अभियानमा सापकोटाले सहयोग गर्नु भएकोे हो ।

सापकोटाले भेरी अस्पतालमा जो विरामी कुरेर बस्नुहुन्छ उहांहरूको लागी विहान र वेलुकाको खाना व्यवस्थापन गरिरहेको अंजनी माता रसोईलाई समेत सहयोग गर्नुभएको छ । यो भन्दा अगाडीको लकडाउनमा माइकलले बाँके जिल्लाभर लकडाउनमा खटिएको सुरक्षाकर्मीहरु, बाटोमा अलपत्र यात्री लगायतलाई सेवा गर्दै आउनु भएको थियो ।